आगोलागी पिडितलाई २ लाख ५० हजार

बिक्रम श्रेष्ठ । असार १४–
नेलेका आगोलागी पिडितहरुलाई राहत संकलन गरिरहेको नेले बिकास समाजले २ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । गत जेष्ठ २८ गते आगोलागी भएकै भोली पल्ट देखी राहत संकलन सुरु गरेको समाले सो रकम पिडित परिवारलाई प्रदान गर्न नेले बिकास समाज नेले उपशाखाका अध्यक्ष गोरे थापा मगरलाई हस्तान्तरण गरिएको समाजका सचिब रोशन थुलुङले जानकारी दिनुभयो । नेलेबाट काठकमाडौँ तथा अन्य स्थानहरुमारोजगारीका शिलशिलामा पुगेकाहरुबाट सहयोग रुकम संकलन गरिएको हो । सो रकमलाई आगामी सोमबार नेले बजारमा एक कार्यक्रम गरि पिडितहरुलाई प्रदान गर्ने बताईएको छ । उक्त आगोलागीमा ४ घर जलेको थियो भने ७ परिवार आगोलागीबाट पिडित बनेको थियो । आगोलागीमा परि १ जनाको मृत्यु हुनुका साथै करिब ४ करोड भन्दा बढिको धनमाल जलेर नष्ट भएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु