७० लाख बराबरको शैक्षिक सामग्री वितरण

सोलुखुम्बु— १५ फागुन, सोलुखुम्बुको सदरमुकाम तथा माथिल्लो क्षेत्रमा शिक्षाको गुणस्तरवृद्धिका लागि काम गर्दै आएको हिमालयन ट्रस्टले विभिन्न १२ गाविसका ६५ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । यसै साता शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको ट्रस्टले सबै विद्यालयलाई गरी ७० लाखभन्दा बढीको शैक्षिक सामग्री वितरण गरेको हिमालयन ट्रस्ट नेपालका सोलुखुम्बु संयोजक नवबहादुर भुजेलले जानकारी दिनुभयो । भुजेलका अनुसार विद्यालयमा बालमैत्री अवधारणाको विकास गर्नका लागि पूर्वाधारस्वरुप आवश्यकीय शैक्षिक सामग्री प्रदान गरिएको हो । ट्रस्टले वितरण गरेका शैक्षिक सामग्रीहरूमा कापी, ह्वाइटबोर्ड, मार्करलगायत ५८ प्रकारका शैक्षिक सामग्री रहेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु