विशाल बजारका सञ्चालकबिरुद्ध विशेष अदालतमा मुद्धा

काठमाडौं , २३ जेठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशालवजार कम्पनी लिमिटेडको संचालक समितिका ८ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।अख्तियारले संचालक समितिका पदाधिकारीहरु रविन्द्रलाल श्रेष्ठ, अशोकजीव तुलाधर, निर्मलकुमार धानुका, गौतमलाल श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, भवानीराज पाण्डे, विजयकुमार वानिया र बासुदेव बिष्ट विरुद्ध आरोप पत्र दायर गरेको हो । उनीहरुले ९ करोड ७४ लाख ८० हजार ३ सय ६६ रुपैया भ्रष्टाचार गरेको अभियोग छ । शेयरसंग गाभिएका पसल–कवलहरुको बहालदर र कम्पनीकै भवनको कोठा बहालमा लिएको एन आई सी बैंकले कम्पनीलाई तिर्दै आएको बहाल रकमको भिन्नताको आधारमा कायम हुन आएको ९ करोड ४५ लाख ९० हजार ३ सय ६६ र विल भरपाई पेश गर्न नपर्ने गरी आफुखुसी बाडेको २८ लाख ९० हजार गरी ९ करोड ७४ लाख ८० हजार ३ सय ६६ रुपैया विशालबजार कम्पनीलाई हानी नोक्सानी पुर्याएको अख्तियारको दावी छ ।

-->

सम्बन्धित शीर्षकहरु