श्रीमान् बिदेश गएको मौकामा जेठाजुसँग ……..

सोलुखुम्बु–बिक्रम श्रेष्ठ, १९ जेठ । सोलुखुम्बुको तिङलामा अबैध शिशु जन्माई जमिनमा पुर्ने एक महिला पक्राउ परेकी छिन् । श्रीमान् बिदेश भएको समयमा आफ्नै जेठाजुसंग अबैध यौन संबन्ध राख्दा गर्भ रहे पछि तिङला ७ की ३६ बर्षिय बिना भुजेलले यही जेठ १० गते शिशुलाई जन्म दिएकी थिईन् । जन्मीएको तीन दिन पश्चात १३ गते घर नजिकैको जमिनमा खाल्डो खनेर शिशुलाई पुरिदिएकी थिईन् ।
गुपचुपमै रहेको सो घटना प्रहरीले थाहा पाए पछि सोमबार बिहान घरैबाट ती महिला पक्राउ परेकी हुन् । ती महिलाले शिशुको मृत्यु भए पछि खाल्डो खनी पुरेको दाबी गरे पछि प्रहरलिे मृत शिशुको शब पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लु लगेको छ । ती महिला भने प्रहरीको थप अनुसन्धानका लागी प्रहरी हिरासतमा रहेकी छिन् ।
उनका श्रीमान् सन्त बहादुर भुजेल डेड वर्ष देखी रोजगारीको शिलशिलामा साउदी अरेबीयामा रहेका छन् । श्रीमान् लामो समय देखी बिदेशमा रहेको समयमा शिशु जन्मीए पछि ती महिलाको गर्भबारे खोजीनिति बढेको थियो । ती महिलाले आफ्नै काईलो जेठाजु रमेश भुजेलसँगको यौन संबन्धबाट गर्भ रहेको बयान प्रहरी समक्ष दिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
गर्भ रहेको थाहा पाए पछि ती जेठाजु पनि रोजगारीका लागी भन्दै बिदेश गएको र हाल मलेशियामा रहेको पारिवारीक स्रोतले जनाएको छ । ती महिलाको माईतीघर झापा हो । बि.स. २०६० सालमा उनीहरुको पे्रम बिबाह भएको थियो । उनीहरुको साथमा हाल दुई नाबालक छोरीहरु रहेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु