प्रेस युनियनको कार्य समिति सर्ब सम्मतीमा चयन

जेष्ठ १८ ।
नेपाल प्रेस युनियन जिल्ला कार्यसमिती सोलुखुम्बुको अध्यक्षमा पुन सन्तोष कुमार राउत चयन हुनभएको छ । सदरमुकाम सल्लेरीमा सम्पन्न युनियनको दोस्रो जिल्ला अधिवेशनले अध्यक्ष सहित १५ जना जिल्ला कार्यसमिती सर्वसम्मत चयन गरेको हो । जिल्ला कार्यसमितीको उपाध्यक्षमा विक्रम श्रेष्ठ सचिवमा सरिता राई सह सचिव शिखरजङ्ग श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश भटराई सहित १५ सदस्य सर्वसम्मत चयन गरेको छ । जिल्ला कार्य समितीमा भानुभक्त निरौला, उत्रमान राई, बिना राई , प्रकाश पाठक, लक्ष्मी कार्की, अमृता राई बाबुकाजी कार्की, सुवास विक र ललित कार्की रहनुभएको छ । नेपाल प्रेस युनियनकोे पोखरामा आगामी असार १ गते हुन लागेकोे राष्ट्रिय महाधिवेशनको लागि सोलुखुम्बुबाट अध्यक्ष सहित ५ जना प्रतिनिधीहरु भानुभक्त निरौला, विक्रम श्रेष्ठ, सरिता राई , नाम्गेल जाङ्बु शेर्पा र बिना राईले प्रतिनिधित्व गर्ने भएको हो ।

-->

सम्बन्धित शीर्षकहरु