हिमाल एफ एम रिले हुदै

khumbu fm logoशिखरको आवाज हिमाल एफ एमले बिश्वको सर्बाेच्च स्थान सोलुखुम्बुको खुम्जुङ गाबिस १ स्थीत स्याङबोचेमा आफ्नो रिलेस्टेशन राख्ने भएको छ । पर्यटकिय स्थल खुम्बुक्षेत्रमा आगामी एक महिना भित्र हिमाल एफ एमको संचालक समिति हिमाली संचार लिमिटेडले हिमाल एफ एमको प्रसारण सेवालाई गुणस्तरिय र प्रभाबकारी बनाउन ९३.२ मेगाहर्जमा फ्रीक्वेन्सी मडुलेशन एफ एम सुचना तथा संचार मन्त्रालयबाट ईजाजत प्राप्त भईसकेको हिमाली संचार लिमिटेडका अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो ।
संचालक समितिका अध्यक्ष शेर्पाले निकट भबिष्यमै हिमाल एफएमलाई नेपालकै पहिलो पर्यटकिय रेडियोको रुपमा अघि बढाउने जानकारी दिनुभयो । हाल एक हजार वाट क्षमताको प्रसारण सेवामा रहेको हिमाल एफ एमले सोलुखुम्बु लगायत मुलुकको ४० भन्दा बढी जील्लामा आफ्नो पहुच राखेको छ । बिश्वको सर्बाच्च शिखर सगरमाथा रहेको गाबिस खुम्जुङ गाबिसमा अर्काे रिलेस्टेशन स्थानिय बासिन्दाको अत्याधिक माग तथा आबश्यक्तालाई अध्यनजर गरी राखिन लागेको हो । समुन्द् सतहबाट ३ हजार ७ सय ८० मिटरको उचाईमा रहेको स्याङबोचेबाट एक महिना भित्र रेडियो तरङमा आउने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । ९३.२ मेगाहर्जबाट हिमाल एफ एम बाट छिमेकी मित्र राष्ट्र चीनको तिब्बतीय केही भुभागमा समेत सहज रुपमा सुन्न सकिने छ भने हाल प्रसराण भईरहेको हिमाल एफ एमको पसारण अर्का छिमेकी राष्ट्र भारतको केही भुभागमा पनि सुन्दै आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु