निर्वाचनका प्रतिवद्धता पुरा गर्नका लागि मात्र खनिएका ग्रामिण भेगका सडक प्रयोग विहिन, डोजर चालक आफै प्राविधिक

सोलुखुम्बु,
सोनी राई, असोज ३०

निर्वाचनका समय हरेकको घरघरमा सडक पु¥याईदिने भन्दै प्रतिवद्धता गरेका जनप्रतिनिधिको रोहबरमा खनिएका अधिकांस सडक यति बेला अवरुद्ध बनेका छन् । आफ्नो प्रतिवद्धता पुरा गर्नकै लागि ग्रामिण भेगमा खनिएका गुणस्तरहिन सडक प्रयोगविहिन बनेका हुन् । आफ्नो गाँउठाँउमा पहिलो पटक सडक पुग्दा हर्षित बनेका नागरिकले सडक संचालनमा नआउदा जनप्रतिनिधिले बजेट सिध्याउनैको लागि सडक ट्रयाक खोलेको गरेको आरोप लगाउन थालेका छन् ।

निर्वाचन यता खुम्बु पासाङल्हमु गाँउपालिका भित्र ४ किलो मिटर सडक ट्रयाक ओपन गरिएको छ । जसमध्ये हाल ओर्लाङ्घाट देखी खरिखोला जोड्ने सडक ५० मिटर सडक संचालनमा नरहेको इन्जिनियर चिरन्जिवी बस्नेतले बताउनुभयो । यता सोलुदुधकुण्ड नगरपालिकाको भने सत प्रतिशत नै सडक संचालनमा नरहेको इन्जिनियर छेवाङ शेर्पाले बताउनुभयो । यो पटक मनसुन लम्बिएका कारण पनि सडक संचालनमा नरहेको हो । यस्तै माप्य दुधकोसी गाँउपालिका ट्रयाक ओपन गरिएका ९० किलोमिटर सडक मध्ये अन्दाजी ३० किलोमिटर सडक अवरुद्ध रहेको इन्जिनियर जोनाथन राईले बताउनुभयो । उहाँका अनुसार हाल संचालनमा नरहेको वडा नं ४ भित्रको सडकमा बैकल्पिक बाटो निर्माण भईरहेको छ ।

जिल्लामा खनिएका सडक प्रभावकारी सर्भे नहुदाँ यातायतका सवारी साधन चलाउन समस्या भएको छ । कच्ची सडकको ट्रयाक खोल्नु अगाडि सही तवरले प्राविधिक सर्भे नहुँदा सवारी चलाउन समस्या भएको हो । ट्रयाक खोलिएका सडकमा घुम्ती नपुग्ने र ग्रेड नमिलेकाले सवारी सन्चालनमा समस्या भएको सवारी चालकहरुले गुनासो गर्ने गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु