सल्लेरीमा एक बालिका बलात्कृत

सोलुखुम्बु असार ३
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमै १३ बर्षिय बालिका बलात्कृत भएकी छिन् । सदरमुकाममा बस्दै आएकी ती बालिका सोमबार साँझ नजिकैको जंगलमा बलात्कृत भएकी हुन् । बालिकालाई फकाएर बलत्कार गर्ने २५ वर्षिय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पिडित बालिकाको फाप्लु अस्पतालमा स्वास्थ्य परिक्षण पछि आफन्तको जिम्मा लगाईएको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

उनको अवस्था सामान्य रहेको छ । बालिकाले अभिभावकलाई घटना बताएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै प्रहरीले बलत्कारमा संलग्न यूवकलाई सल्लेरी बजार आसापासबाट पक्राउ गरेको हो । युवकलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु