सोलुबाट छुटेको स्कोरपियो दुर्घटना, ८ जना घाइते

हिमाल एफ.एम.
सोलुखुम्बु, जेठ ३२
ओखलढुंगाको मानेभज्याङ गाउँपलिका ६ डढुवामा स्कोरपियो दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना १ ज ५८४० नम्बरको स्कोरपियो ब्रेक फेल भएर सडकको भित्तामा ठोकिएर पल्टिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो

। दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा सुनकोशी गाउँपालिका १० का अन्दाजी ३६ बर्षीय उत्तम गिरी र स्थाई घर दाङ भएका सुनकोशी ७ बस्ने ३२ बर्षीय चित्र बहादुर चौधरी रहेका छन् ।

उनीहरुको उदयपुरको घूर्मी स्थित आस्था मेडिकल कलेजमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो ।

सवारी चालक मोलुङ गाउँपालिका ३ का ३९ बर्षीय लिला ब. पोखरेलसहित ८ जना सवार स्कोरपियो तीब्र गति भएको अवस्थामा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको दाबी छ ।

अन्य घाइतेहरुको घूर्मी स्थित आस्था मेडिकल हलमा उपचार भैरहको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु