गुल्मीको बीरवासमा माइक्रोबस दुर्घटना हुँदा ८ जनाको मृत्यु

हिमाल एफ.एम
गुल्मी, १३ कार्तिक ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस सोमबार गुल्मीको बीरवासमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र उपचारका लागि पाल्पा लैजानेक्रममा थप एकजनाको मृत्यु भएको हो । बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

दुर्घटनामा अरु पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी । दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको र घाइतेहरुको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ । अवस्था हेरेर घाइतेहरुलाई उपचालका लागि पाल्पाको तानसेन पठाइएको पनि प्रहरीले जनाएको छ । गाडीमा १३ जना यात्री, चालक र सहचालक गरी १५ जना रहेकोमा दुईजना फेला नपरेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु