छ वटा प्याराग्लाइडिङ अनियन्त्रित भइ फेवातालमा खस्यो

हिमाल एफ.एम, कास्की, ३० असोज ।
कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका छ वटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ । ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् । पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएको थियो ।

पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले जानकारी दिए । प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए । एयर स्पोर्टस एशोसियसन, जलारी समूह लगायतको डुंगाले यात्रु र पाइलटको उद्धार गरेका थिए । गुरुङले अस्पताल लैजानुपर्ने घाइते कोही पनि नभएको जानकारी दिए । यद्यपी प्रहरीले जना चिनियाँ यात्रुलाई मेट्रो सिटी अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु