नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गर्दै


हिमाल एफ एम, सोलुखुम्बु, २६ असोज ।

नेपाली राष्ट्रिय फुटसल टोली एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को क्वालिफायर खेल्न आज राती इरान प्रस्थान गर्दैछ। नेपाली फुटसल टोलीलाई बिहिबार अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझीले बिदाई गरे। इरान जाने नेपाली फुटसल टोलीमा १४ खेलाडी, २ प्रशिक्षक, म्यानेजर, फिजियो तथा ५ अफिसियल रहेका छg\ . oस्तै राष्ट्रिय फुटसल टोली अफिसियल किट्सका लगि एन्फाले जर्सी पसल नेपालसँग सम्झौता गरेको छ।

नेपालले प्रतिस्पर्धा गर्ने साउथ एण्ड सेन्ट्रल जोनका खेलहरु इरानमा अक्टोबर १५ देखि १७ सम्म सञ्चालन हुँदैछ। नेपाल रहेको समूह ए मा उज्वेकिस्तान, किर्गिस्तान र तुर्कमिनेस्तान रहेका छन्। नेपालले फुटसलको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। त्यसकै लागि एन्फाले पहिलो पटक राष्ट्रिय लिग गर्दै राष्ट्रिय टोली छनोट गरेको थियो।

सुरज राउतको कप्तानीमा रहेको नेपाली टोलीमा १४ खेलाडी छन्। यस्तै पूर्वराष्ट्रिय फुटबल टोलीका कप्तान राकेश श्रेष्ठ मुख्य प्रशिक्षकका रुपमा रहेका छन्। एन्फा अध्यक्ष श्रेष्ठले फुटसल टोलीलाई बिदाई गर्दै एन्फाको इतिहासमा यो नयाँ अध्याय रहेको बताए। फुटसल काठमाडौंमा लोकप्रिय स भइसकेको थियो तर एन्फाले यसलाई आफ्नो छाताऐत्र ल्याउन सकेको थिएन। पछि हामीले कार्यकारी समितिको बैठकबाट फुटसललाई पनि समेट्नेगरी अगाडी बढाएका हौँ। श्रेष्ठले पहिलो पटक भएका कारण यस पटक केही कमजोरीहरु रहेपनि अब हरेक वर्ष फुटसल लिग गर्ने, अन्तर्राष्ट्रिय म्याचहरु खेल्ने र फुटसललाई पनि शसक्त बनाउँदै लैजाने बताए।

Comments

comments

सम्बन्धित शीर्षकहरु