​रुपन्देही सिमरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा

बारा, फागुन २३ – रुपन्देही एघार सिमरा गोल्डकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । सिमरा रंगशालामा रुपन्देहीले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–१ ले हराएको हो ।

गणेश लावतीले गोल गर्दै दिलाएको अग्रता अन्तिम मिनेटमा जोगाउन नसक्दा एपिएफ पहिलो चरणबाटै बाहिरिएको हो । रुपन्देहीका लागि योगेश गुरुङले ९१ औं मिनेटमा बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा रुपन्देहीका लागि बुद्ध चेमजोङले गोल गर्दै टीमलाई जिताए । प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी क्लव र थ्रीस्टार क्लबबीच खेल हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु