८ जनाको टोली सगरमाथाको आधार शिबिर देखी चुचुरो सम्म पुग्ने

हिमाल एफ.एम. फागुन १५ ।
बिश्वको सर्बाेच्च शिर सगमाथा आरोहरणका लागि सिजन सुरु हुनै लाग्दा सगरमाथा क्षेत्रको बाटो बनाउन आईस फल डाक्टरहरु आज त्यस तर्फ लाग्ने भएका छन् । सगरमाथा प्रदुषण नियन्त्रण समितिले ६ जना आईस फल डाक्टर र २ जना आधार शिबिरको क्याम्प दुई मा आरोहीहरुको फोहोर ब्यबस्थापनबारे रेखदेख गर्ने कर्मचारी गरि ८ जनाको टोली पठाउन लागेको समितिका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभएको छ ।
Tourist
स्प्रिङ सिजन सुरु भए संगै सगरमाथा आरोहण गर्न स्वदेशी तथा बिदेशीहरुको भिड नै लाग्ने गर्दछ । सोही आरोहीहरुका लागि बाटो बनाउन हरेक बर्ष आईसफल डाक्टरहरु सगरमाथाको आधार शिबिर देखी चुचुरो सम्म सबै भन्दा पहिले पुग्ने गर्दछन् । अघिल्लो बर्षको रुट पहिल्याउदै यस बिचमा हिमपहिरो वा हिउ परेर बिगारेको बाटो निर्माण गर्ने गर्दछन् । उनीहरुले दुई देखी ३ हप्ता सम्ममा बाटो निर्माण गर्ने गर्दछन् । उनीहरु आज नाम्चेबाट हिड्ने कार्यक्रम रहेको छ । यसैबिच खुम्बु क्षेत्रमा होटल ब्यबसायीहरु ध्माधम फर्कन थालेका छन् । अघिल्लो अक्टोबर सिजन सकिए संगै नाम्चे छाडेका ब्यबसायिहरु धमाधम खुम्बु क्षेत्र फर्कन थालेका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु