७ पत्रकार सम्मानित हुने

सोलुखुम्बु । आगामी मंसिरमा राजधानीमा हुन लागेको ‘सगरमाथा म्यूजिक अर्वाड’मा ७ जना पत्रकारलाई सम्मान गरिने भएको छ ।

घटस्थापनाको दिन अर्वाडमा उत्कृष्ट ५ मा मनोनयनमा परेकालाई प्रमाणपत्र तथा मेडल वितरण कार्यक्रममा रंग क्षेत्रमा क्रियाशील पत्रकारलाई सम्मान गरिने घोषणा गरिएको हो ।

सम्मानित हुनेहरुमा श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणी गौतम र किरण अधिकारीलाई कला सम्मान र पत्रकार गीत अधिकारीलाई महिला शसक्तिकरण सम्मान प्रदान गरिने अर्वाड आयोजक समितिका अध्यक्ष मनोज थापाले जानकारी दिए ।

४४ विधामा गर्न लागिएको अर्वाड ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मुल्यांकनको आधारमा अर्वाड दिलाउने आयोजकले जनाएको छ ।

केहि जुरी अर्वाड समेत प्रदान गरिने कार्यक्रममा कला क्षेत्रमा महत्वपुर्ण योगदान गरेका एक व्यक्तिलाई लाईफ टाईम एचिभमेन्ट अर्वाड प्रदान गरिनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु