७५ बर्षिय बुद्धालाई नागरिकता

अर्जुन नेपाली,
सोलुखुम्बु, पुस १५

सोताङ्गकी धनमाया विश्वकर्माले ७५ वर्षको उमेरमा नागरिकता पाएकी छिन् । पुष १३ गते ईलाका प्रशासन कार्यलय सोताङले विश्वकर्माकोे जन्म प्रमाणित, विवाह प्रमाणित, श्रीमानको मृत्यु प्रमाणित र सर्जिमिन मुचुल्का गरि नागरिकता प्रदान गरको हो । लामो समय भारतमा बसोबास गरेकोले उनीसंग जन्मदर्ता, विवाहदर्ता लगायतका अत्यावश्यक कागजात नभएको अवस्थामा नागरिकता लिनका लागि प्रशासन पुगेकी थिईन् ।

बुढेसकालमानागरिकता पाएकी सोताङ गाउँपालिका ५ गोर्खिमकी धनकुमारीले खुशी व्यक्त गरेकी छिन् । उनले लामो समय भारतमा बसोबास गरेकाले नागरिकता लिन नपाएको बताईन् । उनले भनिन्, ‘मेरा दुई छोरा छन् । उनीहरुलाई पनि नेपाली नागरिकता लिने बाटो खुलेको छ ।’ नागरिकता लिएपछि सुकुम्बासी उनीलाई राज्यले प्रद्यान गर्ने सुविधा लिने बाटो समेत खुलेको छ ।

ईलाका प्रशासन कार्यलय सोताङले सार्वजनिक विदाको दिनमा पनि आकस्मिक सेवा प्रदान गर्दै आएको छ । सर्वसाधरणलाई अति आवश्यक परेको र कार्यालयको क्षेत्राधिकारभित्रको सेवाहरु विदाको दिनमा पनि उपलब्ध गराउने गरेको प्रमुख विनोद गौतमले बताए । प्रशासनले सम्पुर्ण प्रक्रिया पुगि आएका सेवाग्राहीाई आधा घण्टा भित्र सेवा दिदै आएको गौतमको भनाई छ ।
इलाका प्रशासनले असारदेखि हालसम्म ३०१ वटा नागरिकता, ६७ वटा नागरिकताको प्रतिलिपि, २ वटा नावालक प्रमाणपत्र र ३४ वटा पासपोर्ट सिफारिस गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!