७० लाखमा बन्ने गुम्बाको शिलान्यास

हिमाल एफ.एम,
सोलुखुम्बु, मंसिर १२

सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कमा ७० लाखको लागतमा निर्माण गरिने उर्गेन थोङडोलिङ गुम्बाको शिलान्यास गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको गुम्बाको शिलान्यास गरेका हुन् ।

शिलान्यासपछि बोल्दै मेयर शेर्पाले जातीगत कला संस्कृति संरक्षणमा नगरपालिकाले सहयोग गर्दै आएकाले गुम्बा निर्माणको लागिपनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । चालु आर्थिक बर्षमा सोही गुम्बा निर्माणको लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ ।

६५ परिवार शेर्पा जातीको बसोबास रहेको भित्ताखर्कमा सामुदायीक गुम्बानभएकाले पहिलोपटक निर्माण गर्न लागिएको गुम्बा निर्माणको अगुवाई गर्दै आएको भित्ताखर्क शेर्पा समाजका अध्यक्ष कान्छा शेर्पाले जानकारी दिए । गुम्बा निर्माणमा अपुग रकम जुटाउन स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक संग चन्दा संकलन शुरु गरेको शेर्पाको भनाई छ ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष लालमान श्रेष्ठ, नगरकार्यपालिका सदस्य सोनामग्याल्जेन शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु