६४ एसपीको सरुवा

हिमाल एफ.एम भाद्र१२- प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी निरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले चितवनका प्रधुम्न कार्कीलाई महानगरीय दंगा नियन्त्रण गण काठमाडौं सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा रहेका विनोद शर्मा घिमिरेलाई सम्पति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनश्याम अर्याललाई केन्द्रीय प्रहरी विशेष कार्यदलमा खटाइएको छ । पोखरामा रहेका वीरेन्द्र श्रेष्ठलाई महानगरी प्रहरी परिसर ललितपुर पठाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु