६१ बर्ष देखि सगरमाथाको बाटो बनाउदै : पासाङ शेर्पा

शिखर जंग श्रेष्ठ,
सोलुखुम्बु,
फागुन १८


हातमा लौरी, साथमा श्रीमती, यी दुई ८० बर्षिय पासाङ शेर्पाका जीवनका सारथी हुन् । शेर्पा ६१ बर्ष देखि सगरमाथाको बाटो बनाउने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

उहाँले सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकसँग चन्दा मागरै आधार शिविरसम्म जाने गोरेटो बाटो चौडा गर्दै आउनुभएको छ । जस्ले पर्यटक, पथप्रर्दशक र भरियालाई आवत–जावतमा निकै सहज भएको छ । एक रिर्पोट

उहाँको जन्म सोलुखुम्बुकै साविकको काँकु गाविस (हालको माप्यदुधकोशीगाउँपालिका ५ काँकु) मा ८० बर्ष अघिभएको हो ।

उहाँलाई उमेर ढल्केको चिन्ता छैन्, चिन्ता छ त, खुम्बुको बाटो नबनाई मर्छुकी भन्ने ।

चाउरिएका छाला, कान राम्रो संग नसुन्ने, आँखामा चस्मा लगाएका शेर्पा पर्यटकय सिजनमा नाम्चे भन्दा माथिल्लो क्षेत्रमा भेटिनुहुन्छ ।


शेर्पालाई खुम्बुका नागरिक ‘खुम्बु सरकार’ सम्म भन्ने गर्छन् ।

सरकारको नजर सगरमाथा जाने बाटो सम्मन पुग्दै गर्दापनि विना स्वार्थ बाटो निर्माण र मर्मतमै जीवन व्यतित गरेकाले पनि खुम्बुलेहरु ‘खुम्बु सरकार’को उपमा दिन पछि पर्दैनन् ।

फेरुचे, लबुचे, दिङबुचे, आधार शिविर लगायतका क्षेत्रमा२० किलोमिटर बाटो चौडाको काम गरेका शेर्पाले पर्यटकसँग भन्दा मागेर करोडौ रकम लगानी गरिसक्नुभएको छ ।

तर, त्यसको लेखाजोखा उहाँ संग छैन् । सामान्य जीवन शैलीका शेर्पा अझैपनि बाटोकै लागि सहयोग कसरी संकलन गर्ने भन्ने विषयमै चिन्तित रहनुहुन्छ ।

पिक सिजन सकिए लगत्तै खुम्बुको चिसो छल्न सल्लेरी झर्नुभएका पासाङ आरोहण सिजन शुरु भईसकेकाले केही दिनमै खुम्बु चढ्ने सोचमा हुनुहुन्छ ।

पासाङले सगरमाथा राष्ट्रिय निकुन्जसँग अनुमति लिएर र मिलेर काठे पुलमा योगदान गरिसक्नुभएको छ, भने उहाँ खुम्जुङ यूवा क्लबका आजिवन सदस्य समेत हुनुहुन्छ । शेर्पासँग एउटा मात्र गुनासो छ, ‘सगरमाथामा सरकारी निकायको चासो कम भो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!