५ दिन मै ३ बालिका माथि बलत्कार

बिक्रम श्रेष्ठ । बैशाख १३–
सोलुखुम्बुमा ५ दिन मै ३ जना बालिकाहरु बलत्कारका सिकार बनेका छन् । गत चैत्र २५ गते देखी ३० गते भित्रै ३ बालिकाहरु माथी बलत्कार भएको जाहेरी जिल्ला प्रहरी कार्यलयमा परेको छ । शुक्रबार मात्रै चौरीखर्कको २ नम्बर वडामा ९ बर्षिय बालिका माथि बलत्कार गरेको आरोपमा एक ब्यक्ति पक्राउ परे पछि ५ दिन मै बलत्कारको संख्या ५ पुगेको हो । गत चैत्र ३० गते चौरीखर्कको २ नम्बर वडामा सोही गाउँकी ९ बर्षिय परिबर्तित नाम गितालाई सोही गाउँका २५ बर्षिय पासाङ नुरु शेर्पाले ललाई फकाई आफ्नै घर लगी जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सो घटना बारे पिडितकी सानीमाले चौरीखर्क प्रहरीमा निबेदन दिएकी थिईन । उनलाई हिजो मात्रै जिल्ला प्रहरी कार्यलयमा ल्याईएको हो । उनलाई भोली आईतबार अदालत उपस्थीत गराई म्याद थप गरि थप अनुन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।
यस अघि गत चैत्र २५ गते बासा ८ स्थीत ५ बर्षिय बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा सोही गाबिसका मंगल राई पक्राउ परेका थिए भने त्यसको ५ दिन नबित्दै ३० गते सल्लेरी ७ स्थीत आफ्नै १४ बर्षिय झट्केलो छोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा रिन्जी शेर्पा पक्राउ परेका थिए । यसैबिच, सोलुखुम्बुका जिल्ला न्यायाधिबक्ताको रुपमा नयाँ न्याधिबक्ता हाजिर भए पछि झण्डै १ महिना देखी रोकिएका बयान, बहस पैरबीका काम पुन सुचारु भएको छ । जिल्ला न्याधिबक्ताको रुपमा लोक बहादुर कटुवाल हिजो जिल्ला आउनुभए संगै रोकिएका सबै बयान तथा बहस पैरबी कार्य सुरु भएको हो । ३ हप्ता देखी मुकुन्द पौड्याल तालिमको सिलसिलामा जिल्ला बाहिर रहनुभए पछि नयाँ जिल्ला न्याधिबक्ता हाजिर हुनुभएको हो । दुई वटा जबरजस्ती करणी तथा एउटा चोरीको मुद्याको बयान कार्य रोकिएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु