४ दिनदेखि प्रहरी नियन्त्रणमा रहेका अटो रिक्सा चालकलाई जिम्मा

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर १३

ट्राफिक प्रहरी नियन्त्रणमा रहेका अटो रिक्सालाई प्रशासनको रोहवरमा गरिएको छलफल पछि छाडिएको छ ।

चालकको लाईसेन्स नभएको, आवश्यक कागजात नमिलेको र नम्बर प्लेट नराखिएको भन्दै निणन्त्रणमा लिईएको १० वटा रिक्सालाई छोडिएको हो ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा बसेको ट्राफिक प्रहरी र रिक्सा व्यवसायीहरुबची भएको छलफलमा आवश्यक प्रक्रिया पु¥याएर मात्र चलाउने गरि रिक्सा सम्बन्धित चालकलाई जिम्मा लगाईएको छ ।

पटक पटक सम्झाउदा समेत रिक्सा चालकहरुले अटेरी गरेपछि ट्राफिक प्रहरीले कारबाही थालेको थियो ।

हाल सल्लेरीमा १८ वटा अटो रिक्सा संचालनमा रहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु