४४ बर्षपछि पहिलो पटक बागवानी केन्द्रको स्थापना दिवस

सोलुखुम्बु, असार २९


बागबानी केन्द स्थापनाको ४४ बर्षपछि पहिलो पटक आज स्थापना दिवस मनाईएको छ ।

सोलुखुम्बुको सोलुदुुधकुण्ड नगरपालिका ४ फाप्लुमा अवस्थित बागबानी केन्द्रले माथिल्लो सगरमाथाका तिन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङका कृषकहरुलाई फलफूलका विरुवा र प्रविधि हस्तान्तरणको काम गर्दै आएको छ ।


असार २९ गतेलाई स्थापना दिवसको रुपमा मनाउन थालिएको बागबानी केन्द्रका निमित्त बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताए ।

दिवसको अबसरमा गरिएको एक कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राईले बागबानी केन्द्रको पछिल्लो प्रगती उत्साहजनक रहेकाले कृषकहरुलाई वातावरण सुहाउदो फलफूल खेति प्रविधिमा भूमिका खेल्न आग्रह गरे ।


कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सोलुखुम्बुका प्रमुख पुर्ण ढुंगाना लगायत कृषकहरुको उपस्थिती रहेको थियो ।


यसैबीच, निजामति सेवाबाट निवृत्त भएका बागबानी केन्द्र फाप्लुका पुर्व वरिष्ठ बागबानी विकास अधिकृत तथा किवि विज्ञ चन्द्रमान श्रेष्ठलाई विदाई गरिएको छ ।


गत फागुनमा सेवा निवृत्त भएका श्रेष्ठलाई बागबानी केन्द्र स्थापना दिवसको अवसरमा किविको माला लगाएर सम्मान तथा विदाई गरिएको छ । विदाई कार्यक्रममा बोल्दै किवि विज्ञ श्रेष्ठले आफ्नो कार्यकालमा सोलुखुम्बुमा किविको उल्लेख्य क्षेत्रविस्तार र फार्म व्यवस्थापन भएकाले प्रशोधन केन्द्र आवश्यक रहेको बताए ।


सोही अबसरमा कागबानी केन्द्र फाप्लुका बाली संरक्षण अधिकृत चन्द्र फडेराले चालु आर्थिक बर्षको आम्दानी सहितको प्रस्तुतीकरण गरेका थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!