३६ वर्षपछि धनकुटामा दमकल

हिमाल एफ.एम भाद्र १० । नगरपालिका बनेको ३६ वर्षपछि धनकुटामा दमकल भित्रिएको छ । जेठ भएको बोलपत्र अनुसार खरिदको जिम्मा पाएको म्याप ईन्टरप्रेन्र्स प्रालि काठमाडौंले नगरपालिकालाई दमकल हस्तान्तरण गरेको हो । धनकुटा नगरपालिका र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जगेडा कोष कार्यक्रमबाट ५६ लाख ५० हजार रुपैयाँमा दमकल खरिद गरिएको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत कुमार कोइरालाले बताए । धनकुटा आइपुगेको दमकलले ४ हजार लिटर पानी बोक्न सक्छ । दमकलबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ल्ाा अधिकारी भगिराज इङ्गनामले दमकलले छिमेकी जिल्लामा पनि आगलागीबाट हुने लाखौं रुपैयाँको क्षति टार्न सकिने बताए । कार्यक्रममै सञ्चालन तथा व्यवस्थापन गर्न ७ सदस्यीय दमकल व्यावस्थापन तथा सञ्चालन समिति गठन गरिएको छ । दमकल भित्रिएपछि छिमेकी जिल्ला तेह्रथुम, भोजपुर, संखुवासभालाई समेत सहयोग पुग्ने भएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!