२ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालको खराव प्रर्दशन

हिमाल एफ एम । पौष २९- एकदिवसीय विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा यूएईले नेपालसामू २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाफी व्याटिङ थालेको नेपालले खराव प्रदर्शन गरेको छ ।यो समाचार तयार पार्दासम्म नेपालले  २९.६ ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको छ ।स्कोर बोर्डमा चार रन हुँदा नेपालको विकेट पतन सुरु भएको थियो । ओपनर अनिल मण्डल शून्यमै आउट भए । दोस्रो विकेटका रुपमा अर्को ओपनर महेश क्षेत्री व्यक्तिगत ९ रनमा आउट हुँदा नेपालको स्कोर १४ रन मात्र थियो । कप्तान पारस खड्काले सागर पुनसँग मिलेर नेपालको पारी केही सम्हाल्ने प्रयास गरे । तर, १४.६ ओभरमा तेस्रो विकेटका रुपमा पारस १२ रनमा आउट भए ।

१७ औं ओभरमा नेपालले लगातार दुई विकेट गुमाएपछि नेपाली टोली थप दबावमा आयो । १७.४ ओभरमा चौथो विकेटका रुपमा सागर २५ रनमा आउट भए भने ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत ५ रनमै आउट हुन पुगे । त्यसपछि विनोद भण्डारी र शरद भेसवाकरले ४९ रनको साझेदारी गर्दै नेपालको पारी केही उकासे । तर, २६.३ ओभरमा विण्डारी आउट भए । आक्रामक व्याटिङ गरेका उनले २९ बलमा ५ चौका र एक छक्काको मदतमा ३७ रन बनाए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु