२६ सभासदको मनोनयनबारे सत्तारुढ दलहरु र सरकारबीच छलफल

काठमाडौं, चैत्र १० । सत्तारुढ दलहरु कांग्रेस र एमालेका नेताहरुले संविधान सभामा २६ सभासद मनोनयन गर्ने विषयमा छलफल तीव्र बनाएका छन् । दुई दलका नेताहरु र सरकारबीच आज साँझ प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ ।
संविधानसभाको निर्वाचन सम्पन्न भएको चार महिना वितिसक्दा पनि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने २६ जना सभासदको मनोनयन अभैm हुन सकेको छैन । २६ सभासदको मनोनयन नभएसम्म संविधानसभाले पूर्णता नपाउने र संविधान लेखनको प्रक्रिया समेत अघि बढाउन नमिल्ने भएपछि दलहरु बल्ल तातेका हुन् । २६ जनाको मनोनयन सम्बन्धमा मापदण्ड बनाउने विषयमा आजको बैठकमा छलफल भएको बुझिएको छ । यद्यपि, संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सीट संख्याका आधारमा २६ सभासदको पनि भागवण्डा गर्ने तय भएको बताइएको छ । त्यसो गर्दा २६ सीट मध्येबाट कांग्रेसले ९, एमालेले ८, एकीकृत माओवादीले ४, राप्रपा नेपाले २ तथा राप्रपा, फोरम लोकतान्त्रिक, र फोरम नेपालले १–१ सीट प्राप्त गर्ने छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु