२६ को मनोनयन र राजदुत नियूक्ती असार महिनाभित्रै टुङग्याउँछुः गौतम

काठमाडौं , १३ असार
कार्यबाहक प्रधानमन्त्री बामदेब गौतमले असार महिनाभित्रै मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्य र राजदुत नियूक्त टुङग्याउने दावी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा गौतमले २६ जनाको मनोनयन प्रक्रिया अघि बढाउन राजनीतिक दलहरुलाई पत्र काटेर नाम पठाउन आग्रह गर्ने जानकारी दिदै आगामि १५ गते बस्ने बैठकबाट मनोनयनको टुङगो लगाउने बताए ।

गौतमले भने–राजनीतिक दलहरुलाई नाम दिन आग्रर्ह गरिरहेको छु, कुराकानी पनि भइरहेको छ । यदि १५ गतेको मन्त्री परिषदको बैठकमा दलहरुवीच सहमती हुन सकेन भने फेरी पनि पत्र काटेर भएपनि दलहरुलाई तागेता गर्ने जानकारी दिँदै उनले भने–अब २६ जनको मनोनयन प्रक्रिया सके १५ गते नै नसके अर्को मन्त्री परिषदको बैठकमा टुँग्याउँछु ।
उनले असार महिनाभित्र राजनीतिक दलहरुको र सरकारमा रहेका दलहरुको पनि सहमतिको आधारमा सबै रिक्त मुलुकहरुमा राजदुत नियूक्त गरिसक्ने प्रस्ट पार्दै बाहिर चर्चा गरिए जस्तो अवस्था नभई प्रधानमन्त्रीलेनै आफूलाई उहाँको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीले प्रयोग गर्ने अधिकार र संविधानमै कार्यबाहक प्रधानमन्त्रीको अधिकार स्पष्ट भएकोले क्याविनेट बैठक बोलाउन कुनै समस्या नभएको बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु