२० हजार बढि आन्तरिक पर्यटक भित्राउने लक्ष्य

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन २६

महायज्ञको आयोजना गरि अस्पताल निर्माणका लागि २० करोड संकलन गर्ने लक्ष्य लिएको थुलुङ दुधकोशी गाउँपालिकाले २० हजार भन्दा बढि आन्तरिक पर्यटक भित्राउने उद्देश्य लिएको छ ।

आगामी चैत्र २ र ९ सम्म आयोजना हुने श्रीमत भागवत ज्ञान महायज्ञमा सहभागी बन्ने गरि २० हजार भन्दा बढि आन्तरिक पर्यटक भित्राउने तयारीमा जुटेको गाउँपालिकाले जनाएको छ ।

मुक्लि स्थित गाउँपालिकाको कार्यालय प्रांगणमा हुने महायज्ञमा सहभागी हुने पुग्ने अतिथी र सर्वसाधारणको सहजताको लागि नेले–मुक्लि सडकको मर्मत गरिएको छ भने विशिष्ट अतिथिका लागि आवासको व्यवस्थापन थालिएको छ । कथाबाचन सुन्नका लागि पुग्ने सर्वसाधारणका लागि शाकाहारी होटलपसल राख्ने व्यवस्था मिलाईएको छ ।

महायज्ञमा सहभागी हुन पुग्ने सांसद, जनप्रतिनिधि लगायतका अतिथिलाई आवासको व्यवस्था मिलाएको आवास व्यवस्थापन उपसमितिका संयोजक भुपालसिं राईले जानकारी दिए । पाँच सय अतिथिका लागि महायज्ञ परिसर, आसपासका घर, नेलेबजारका होटल र सल्लेरीका होटल बुकिङ गरिएको छ । ४० जनाका लागि टेन्टको व्यवस्था मिलाईएको छ भने तिन सय ब्ल्याङकेट, म्याट्रेस र सिरानी मुक्लि ल्याईसकिएको छ ।

हजारौ साना तथा ठूला सवारीसाधन व्यवस्थापनका लागि पार्किङको व्यवस्था मिलाईएको छ । पवित्र उद्देश्यका साथ आयोजना गरिने महायज्ञ सफल पार्नका लागि तयारी तिब्र पारिएको हो । महायज्ञको सुरक्षा र विविध कार्यमा सहजीकरणका लागि सुरक्षाकर्मीसंगै पाँच सय भन्दा बढि यूवा परिचालन गर्ने यूवा परिचालन उपसमितिका संयोजक रामसघर्ष किरातीँले जानकारी दिए । बाँकी तयारीको काम फागुन मसान्त सम्म सकिने गाउँपालिकाले जनाएको छ ।

५० शैयाको दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि आयोजना हुने महायज्ञ पुर्वनै ७ करोडको हाराहारीमा सहयोग संकलन भईसकेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । सहयोग संकलन अभियान गाउँ–शहर, देश–विदेशमा द्रुत गतिमा अघि बढाईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु