१९ वर्षमुनिको क्रिकेट टोलीको विदाई

 

काठमाडौ, पुस १० – १९ बर्षमुनिको एशिया कप क्रिकेट खेल्ने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ ।
पुस १३ गतेदेखि युएईमा शुरु हुने प्रतियोगिता खेल्न बिहीबार त्यसतर्फ जाने टोलीको विदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यस चिव युवराज लामाले नेपाली क्रिकेटको भविष्य १९ बर्षमुनिको टिमको काँधमा रहेको बताउनुभयो ।
कप्तान भुवन कार्की र प्रशिक्षक जंगबहादुर थापाले टीमले राम्रो नतिजा निकाल्नेमा विश्वस्त रहेको बताउनुभयो । पुस २१ गतेसम्म हुने प्रतियोगिताका लागि भुवन कार्कीको कप्तानीमा नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
राष्ट्रिय टीममा परेका कारण सोमपाल कामी र घाइते भएकाले शुशील कँडेलले प्रतियोगिता खेल्ने छैनन् । भारत र पाकिस्तानजस्ता बलिया टीमसंग एउटै समुहमा परेको नेपालले प्रतियोगिताका लागि पर्याप्त तयारी भने गर्न पाएको छैन । नेपालले आउदो शनिवार पाकिस्तानसंग, आइतबार भारतसंग र मंगलबार युएईसंग खेल्नेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु