१६ हजार किविको विरुवा माग

सोनि राई
सोलुखुम्बु, पुष २४

सोलुखुम्बुको थुलुङ दुधकोसी गाँउपालिकाका कृषकहरुले हजारौ किविका विरुवा माग गरेका छन् । गाउँपालिकाले न्यनतम १० रोपनी क्षेत्रफलमा किबी खेती गर्न चाहने कृषकसंग माग गरेको सूचनाको आधारमा १०६ कृषकले १६ हजार विरुवाको माग गरेको सूचना अधिकारी विशालबाबु राईले जानकारी दिए ।

किवि भिलेज घोषणा गरेको गाउँपालिकाले २० हजार किविको विरुवा वितरण गर्ने लक्ष्य राखेको थियो । सूचना अधिकारी राईका अनुसार लक्ष्य भन्दा ४ हजार विरुवाको माग कम आएको छ । यद्यपी, केहि कृषकले विरुवाको माग गर्न बाँकी नै रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पुस ४ गते सूचना जारी गर्दै १० दिन आवेदनका लागि म्याद दिएको थियो । माग अनुसारको विरुवा वितरण अगावै कृषकहरुलाई किवि खेति प्रविधिको बारेमा आवश्यक तालिम प्रदान गर्ने तयारी गरेको छ ।

७० प्रतिशत अनुदानमा वितरण गरिने विरुवा खरिद लगायतका कार्यक्रममा गाउँपालिकाले ५० लाख विनियोजन गरेको छ । गाउँपालिका भित्रका नेले, काँगेल, पन्चन, मुक्लि, देउसा, जुबु, लोखिममा किविको व्यवसायीक खेतिको संभावना देखिएपछि स्थानीय तहले किवि भिलेज घोषणा गरि आवश्यक काम शुरु गरिएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!