१३ बर्षिय बालक सहित एकैदिन ३ जनाले गरे आत्महत्या

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, १० माघ-
सोलुखुम्बुमा १३ बर्षिय बालक सहित आज एकै दिन ३ जनाले आत्महत्या गरेका छन् । दुधकुण्ड नगरपालिका ४ सुर्के नजिकै १३ बर्षिय बालक शुनिल श्रेष्ठले आफ्नै घरको ढोकामा झुण्डीएर आत्महत्या गरेका हुन् । नीरकुमार श्रेष्ठका छोरा शुनिलले डोरीको पासो लगाएर आफ्नै हत्या गरेका हुन् । यस्तै आजै गुदेल १ मा १८ बर्षिय पर्शुराम राइले पनि झुण्डीएर आत्महत्या गरेका छन् । उनले पनि आफ्नै घरको धुरीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ । यस्तै सोताङ ९ मा ४८ बर्षिय आशमायाँ राइले पनि गोठमा गएर झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सोलुखुम्बुमा झुण्डीएर आत्महत्या गर्ने प्रबृत्ति मौलाएको छ । साउन महिना देखि यता मात्रै १४ जनाले आत्महत्या गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु