१० किलो सुनसहित तीन जना पक्राउ

सिन्धुपाल्चोक, फाल्गुन १५ । चीनको खासाबाट लुकाइ–छिपाइ नेपाल ल्याउन लागिएको १० किलो अवैध सुनसहित प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेले दिउँसो २ बजे प्रहरी कार्यालय अगाडिबाटै सुन बरामद गरेको हो । प्रहरीले सुनसहित चिनियाँ नागरिक सिचुङ घ्याम्पोल, कर्मा छिरीङ शेर्पा र नेपाली नागरिक गाडी चालक लार्गेचे गाविसका पासाङ गेली शेर्पालाई नियन्त्रणमा लिएको छ । तातोपानीबाट काठमाडौ आउँदै गरेको भाडाको बोलेरो गाडीको पछाडि स्पेयर टायरकोभित्रबाट सुन बरामद गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक जयेश्वर रिमालले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु