०७३ मा हिमाल एफ एमले समेटेका लोक कलाकर्मीहरु

सोलुखुम्बु । पुर्वी नेपालमा बलियो सञ्चार उपस्थिती जनाएको हिमाल एफ एमले लोक, कला साहित्य र संस्कृतिलाई प्राथमिकता दिदै विभिन्न रेडियो कार्यक्रम संचालन गरिरहेको छ ।

भिन्न शैली र भिन्न पस्तुतीको उत्कष्ट कार्यक्रम लोक झंकार (दैनिक), लोक जम्काभेट र हाम्रै संस्कृति (साप्ताहिक) कार्यक्रम संचालन गर्दै आएको छ ।

मौलिक सृजनाहरुले भरपुर स्थान पाउने यी कार्यक्रममा विभिन्न लोककर्मीसंगको कुराकानी प्रस्तुत गरेका छौ । हिमाली जिल्ला सोलुखुम्बुवाट २४ घण्टे प्रसारण गरिरहेको एफ एमले प्रत्यक्ष तथा टेलिफोनका माध्यमवाट लोक क्षेत्रमा आएका विकृति, बजार, संभावना, संघर्ष लगायतका विषयमा दर्जनौ लोककर्मीसंग कुराकानी गरेर स्रोतामाझ प्रस्तुत गरेको थियौ ।

सृजनाका हस्तीहरु रमेश विजी र एकनारायण भण्डारी देखि लिएर नयाँ पुस्ता तारा लामिछाने मगर र रादिप सुनुवार सम्म कुराकानी गरेको छ । त्यस्तै पुर्वेली गायक नविन खड्का र राजु ढुंगेल देखि सुदुर–पश्चिमका विनोद बाजुराली र नेत्र भण्डारी सम्मका लोक कलाकारको कुरालाई पनि समाबेश गर्न सफल भयौ ।

लोक गायकहरु बद्रि पंगेनी, भगवान भण्डारी, पशुपति शर्मा, विष्णु खत्री, शिरिष देवकोटा, वसन्त थापा, शिव हमाल, प्रसाद खप्तरी मगर, राजन गुरुङ, राजन कार्की, कृष्ण समिप सुवेदी, सुमन परियार, कृष्ण रेउले, मिलन लामा, विरही कार्की, सुरेन्द्र गुरुङ, कुशल वेलबासे, शिव कार्की, कल्याण बुढाथोकी, सुवास संगम राई, रविन लामिछानेको साथमा सारङगीबाधक कमल कुमार विश्वकर्मासंग पनि कुराकानी गर्न भ्यायौ ।

त्यस्तै विमा कुमारी दुरा, जानकारी तारामी मगर, स्वरुपा रसाईली, लक्ष्मी मल्ल, जुना श्रीष, पुर्णकला विसी, कला पंगेनी, शुशिला गौतम लगायतका गायिकाहरु संग कुराकानी गरि स्रोता माझ पु¥याउन सफल भयौ ।

यसवाहेक लोकबेसमा प्रस्तुत हुने कार्यक्रम कुन गाउँ खाने र उखानटुक्का पनि लोक तथा दोहोरी गीतलाई उच्च प्राथमिकतामा साथ प्रसारण गर्ने काम भएको छ ।

हिमाल एफ एमलाई समय र विचार दिनुहुने सम्पुर्ण लोककर्मी प्रति आभार सहित नयाँ बर्षको शुभकामना !

Comments

comments

सम्बन्धित शीर्षकहरु