ह्रवाईट हिल्स बोर्डिङले ५० विद्यार्थी निशुल्क पढाउने

  • शिखर गजरकोटे
    सोलुखुम्बु, माघ २७

सोलुखुम्बुको सल्लेरी स्थित ह्रवाईट हिल्स ईग्लिस बोर्डिङ स्कुलले २५ अनाथ बालबालिकालाई निशुल्क पढाउने घोषणा गरेको छ । स्थापनाको २५ बर्ष पुरा भएको अबसरमा स्कुलले जिल्लाका २५ जना अनाथ तथा भुकम्पबाट पिडित बालबालिकालाई निशुल्क पढाउने घोषणा गरेको हो ।

२०५० सालमा स्थापना भएको बोर्डिङ स्कुलले थप २५ जना जेहेन्दार विद्यार्थीलाई पनि निशुल्क पढाउने प्रिन्सिपल सन्तोष सुब्बाले बताए । ‘अनाथ तथा भुकम्प पिडित बालबालिका पनि शिक्षा आर्जनको अधिकारबाट बन्चित हुन नपरोस् भन्ने द्येयले अनाथ र जेहेन्दार ५० विद्यार्थीलाई निशुल्क पढाउने योजना अघि सारेको हौ ।’ उनले भने, ‘अविभावकले स्कुललाई गरेको विश्वासले हामी खुसी छौ ।’ उनले सुविधासम्पन्न छात्रबास निर्माणको कामले तिब्रता लिईरहेको बताए ।

कक्षा ३ बाट शुरु गरेको बोर्डिङ स्कुलले अहिले कक्षा १२ सम्म गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको छ । २०६६ मा योगेश निरौलाले जिल्ला टप गरेका थिए भने २०६८ मा अनुपमा घिमिरेले जिल्ला टप गरेकी थिईन् । ग्रेडिङ प्रणाली शुरु भएपछि २०७२ सालमा ल्हाक्पातेन्जी तामाङले पनि जिल्ला टप गरेका छन् ।

देशी/विदेशी शिक्षक शिक्षिकाबाट अध्यापन गराईले ह्रवाईट हिल्समा अहिले ५४० विद्यार्थी अध्ययनरत छन् । ती मध्ये २२ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराईएको छ । विभिन्न मूलुकका सहयोग संस्था र व्यक्तिसंग हातेमालो गर्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्कुलले छात्रवृत्ति उपलब्ध गराउदै आएको प्रिन्सिपल सुब्बाले बताए । उनले भने, हाम्रो स्कुलबाट पासआउट भएका विद्यार्थी डाक्टर, ईन्जिनियर, पत्रकार, व्यवसायी बनेका छन् । दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य पुरा भईरहेको छ ।’ हाल सदरमुकाम सल्लेरीबाट करिब तिन सय मिटर माथी निर्माण गरिएको प्रिफाईभ भवनमा अध्यापन गर्दै आईएको छ ।

 

जिल्लाकै पहिलो निजि क्षेत्रको बोर्डिङ स्कुलले श्रव्यदृष्य विधिबाट शिक्षण गर्ने तयारी थालेको छ । शिक्षण सिकाई क्रियाकलापलाई गणस्तरिय बनाउनका लागि श्रव्यदृष्यको माध्यमबाट सिकाउन लागिएको विद्यालय व्यवस्थापनले जनाएको छ । अविभावक गुमाएका अनाथ तथा भुकम्प पिडित बालबालिका विद्यालयको सम्र्पकमा आए रेकर्ड राख्ने काम गर्ने व्यक्तस्थापन समितिका अध्यक्ष कर्मा शेर्पाले बताए । उनले भने, ‘बाबाआमा नभएका बालबालिकालाई शिक्षादिक्षा हामीले दिन्छौ । त्यसका लागि आफन्त या पालनपोषण गर्दै आएका परिबारले विद्यालयको सम्पर्क ल्याईदिएर सहयोग गरिदिनुहुनेछ भन्ने आशा छ ।’ आगामी शैक्षिक सत्र देखि नै अनाथ तथा भुकम्प पिडित बालबालिकालाई निशुल्क पढाउन शुरु गर्ने शेर्पाको भनाई छ ।

जेहेन्दार विद्यार्थीको हकमा भने कक्षा ५ पास गरेका मध्येबाट प्रतिस्प्रर्धाको माध्यमबाट २५ विद्यार्थी छनौट गर्ने बोर्डिङको तयारी छ । उनीहरुलाई लागि शिक्षा, खान, बस्न र औषधि उपचारसम्मको निशुल्क सेवा उपलब्ध गराईनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु