हौंचुरमा पहिलोपटक बस

सोलुखुम्बु, चैत्र ३


खोटाङको रावाबेसी गाँउपालिका वडा नं ६ हौचुरसम्म पहिलो पटक बस सेवा संचालनमा आएको छ । खोटाङ यातायात प्रालिले उक्त क्षेत्रमा शोमबारबाट बस सेवा संचालन गरेसंगै स्थानीयले खुसी व्यक्त गरेका छन् । एक रिपोर्ट

केही समय अघि मात्र हौंचुरमा रावा करिडोर सडक खण्ड उद्घाटन गरिएको थियो । सडक सञ्जाल जोडिएसंगै त्यहा पहिलो पल्ट बस सेवा सुरु भएको हो । विगतमा सदरमुकामसम्मको यात्राका लागि वडा नं १ कुभिण्डेबाट ६ सय भाडा तिर्नुपथ्र्यो । तर अब वडाबाटै बस चड्न पाईने भएपछि ६ सयमा सदरमुकाम पुग्न मात्र नभई फर्कन पनि त्यही रकमले पुग्ने भएको छ । स्थानीय राम कुमार श्रेष्ठ

शोमबार हौँचुरका वडाअध्यक्ष यज्ञनारायण श्रेष्ठ र खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले संयुक्त रुपमा बस सेवा उद्घाटन गर्नुभयो छ । अब दैनिक ऐसेलुखर्क माक्पा हुदै जालपा पुछार–फेदी–मंगलबारे–गिद्धे–कट्टी–वडा कार्यालय–राईसिंगे–जालपा–पोखरी हुदै हुर्लुङ–दिक्तेल सिधा बस संचालन हुनेछ । ४ सय घरधुरी रहेको हौचुरमा यातायात सेवा नहुदा त्यहाका नागरिकहरुले सास्ती खेप्दै आएका थिए । तर बस सेवा संचालन हुनुले ठुलो विकास निर्माणले फड्को मार्न सफल भएको वडाअध्यक्ष श्रेष्ठको भनाई छ ।



गाँउमा बस पुगेसंगै स्थानीय निकै हर्षित बनेका छन् । उक्त रुटका लागि दिक्तेलबाट दिउसो साढे ३ बजे र जालपा पुछार फेदीबाट बिहान साढे ७ बजे बस छुट्नेछ । जसअनुसार हौचुर गिद्धेबाट ३५० र हंचुर वडाबाट ३ सय भाडा निर्धारण गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!