हेली एभरेष्टको हेलिकोप्टर लुक्लामा ‘फोर्स ल्याण्डिङ’, मानवीय क्षति भएन

हिमाल एफ एम, सोलुखुम्बु
२४ बैशाख,

हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा लुक्लामा ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर फोर्स ल्याण्डिङ गरिएको हो । क्याप्टेन निश्चित केसीका अनुसार फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति भएको छ । उनले तेल बुममा क्र्याक आएकोले मर्मत नगरी उडाउन नमिल्ने बताए ।

यो हेलिकोप्टर स्वीस पाइलट ग्रेगर वियरले उडाएका थिए । हेलिकोप्टरमा ३ जना सवार थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु