हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाकाे निधन

काठमाण्डाै – ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ ।

दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप-महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको निधन भएको छ । दुर्घटनामा परि एयर डाइनेस्टीका पाइलट प्रभाकर केसीको पनि निधन भएको छ ।

सबैको मृत्यु भएको पुष्टी भएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएकाे जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ ।

पाथिभराबाट तेह्रथुममा रहेकाे चुहानडाँडा विमानस्थलकाे अवलाेकनका लागि उडेको हेलिकप्टर पाथिभरा नजिकै तारेभिरमा दुघर्टना भएको हो ।

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो ।

दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भए पनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ ।

दुर्घटनास्थलमा पुगेका रतन कार्कीले हेलिकप्टरको दुई वटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको बताउनुभयो । उहाँले अहिले मानिसका शवहरु बलिरहेको र हेलिकप्टरको अन्य भाग जलेर नष्ट भएको फोनमार्फत जानकारी दिनुभयो ।

पाथीभरा फेदीदेखि १ घण्टा ३० मिनेटको समयमा पुगिने पाथीभराको उत्तरपट्टिको मोहोडामा पर्ने भिरमा पाथीभरा देवीको मन्दिरदेखि हेलिकप्टर उडेको ३ मिनेटमा ठूलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु