‘हुदाखानेका लागि अस्पताल’

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र २

थुलुङ दुधकोसी गाँउपालिका अध्यक्ष असिम राईले हुदाखोनेहरुका लागि अस्पताल निर्माण गर्न लागेको बताए ।

दुधकोसी सामुदायिक अस्पताल निर्माणको लागि आयोजित श्रीमत भागवत ज्ञान महायज्ञ उद्घाटन कार्यक्रममा अध्यक्ष राईले ग्रामिण भेगका नागरिकको पहूँचमा सस्तो र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएकाले अस्पता निर्माणमा जुटेको बताए ।

अस्पतालमा नागरिकको अपनत्व सृजनाका लागि सहयोग संकलन अभियान संचालन गरेको अध्यक्ष राईको भनाई छ । पवित्र उदेश्यका साथ काम थालिएकाले विरोध र आलोचना आवश्यक नभएको दाबी गरे ।

कार्यक्रममा अस्पताल निर्माण समितिका कोषाध्यक्ष तथा समाजसेवी बलराम गुरुङले पारदर्शितामा शंका नगर्न आग्रह गरे । उनले दाताहरुले सहयोग गरेको रकम एक रुपैया पनि दुरुपयोग नगर्ने दाबी गरे ।

आगामी दुई वर्षभित्र अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु