हुँगा खोलामा एकै साथ बन्दै ४ जलविद्युत आयोजना

सविन राई/ सोलुखुम्बु, ४ माघ । सोलुखुम्बु कोसी पारिको हुँगा खोलामा ४ वटा जलविद्युत आयोजनाले विद्युत निर्माणको अनुमती लिएका छन् । कोसीपारिको क्षेत्रमा पर्ने हुगाँखोलामा चार वटा जलविद्युत आयोजनाका लागि भिन्नाभिन्नै कम्पनीले नेपाल सरकार तथा उर्जा मन्त्रालयलबाट अनुमति लिएका छन् । सोलुखुम्बुका साविकको गुदेल , छेस्काम र बुङको विचबाट बग्ने हुँगा खोलामा चार छुट्टाछुट्टै जलविद्युत आयोजनाका लागि विभिन्न कम्पनीहरुले मन्त्रालयबाट अनमति लिएका हुन् ।
यी आयोजनाहरुका लागि मन्त्रालयबाट अनुमति जारी भएपनि DPR, EIA र PPA जस्ता प्रकृयाहरु अघि बढ्न सकेको छैन । अहिले प्रायजसो आयोजनाहरुको प्रारम्भिक अध्ययनमै काम भैरहेको प्रबर्धक कम्पनीहरुले जनाएका छन् ।
सर्भेक्षण अनुमति पाएका चारवटा आयोजना मध्यको मिडिल हुँगा ए जलविद्युत आयोजनालाई एपेक्स मकालु हाइड्रोपावर प्रालिले निर्माणको जिम्मा लिएको छ । २२ मेगावाट क्षमता बराबरको आयोजनामा साविकको बुङ, छेस्काम, गुदेल गाविसका उपभोक्ताहरु लाभान्वित हुनेछ ।लगभग साढे चार अर्वको लागतमा बन्नसक्ने प्रारम्भिक सर्भेले देखाएको छ । विद्युत विकास विभागमा बुझाईएको संभाब्यता अध्ययनको रिपोर्ट भने आउन बाकी रहेको एपेक्स मकालु हाईड्रोपावरका संचालक केदारनाथ पौडेलले बताउनु भयो ।
गौरीशंकर पावर डेभलोभ्मेन्ट प्रालि बानेश्वरले निर्माणको जिम्मा लिएको मिडिल हुँगा बी जलविद्युत आयोजनाको क्षमता २२ दशमलव ९ मेगावाट रहेको छ । साविकको सोताङ , गुदेल , बुङ र छेस्काम गाविसका उपभोक्ताहरु लाभान्वित हुने आयोजनाको प्रारम्भिक चरणको काम सकिएको निर्माण समितीका सञ्चालक प्रकाश बरालले जानकारी दिए ।
त्यस्तै २९ मेगावाट क्षमता भएको निर्माण हुन लागेको हुँगा खोला जलविद्युत आयोजना साविकको छेस्काम गाविसलाई लक्षित गरेर बनाउन लागिएको हो । प्रारम्भिक संभाब्यता अध्ययन अनुसार लगभग छ अर्ब लागतको अनुमान गरिएको निर्माण समितीका प्रशाशक तथा वित्तिय अधिकृत हरि भण्डारीले वताउनु भयो ।
हुँगा खोला प्रथम जलविद्युत आयोजनाको निर्माणकार्य खारे ईन्भेस्टमेन्ट लिमिटेडले गर्ने भएको छ । ६ महिना अघिमात्रै सर्भेक्षण अनुमति पाएको आयोजनाले १८.६४ मेगावाट बराबरको विद्युत उत्पादनको लक्ष्य लिएको छ । यस आयोजना संग साविकको गुदेल र सोताङ गाविसलाई प्रत्यक्ष लाभ मिल्ने खारे ईन्भेस्टमेन्ट लिमीटेडका सुचना अधिकारी पार्वती पराजुलीले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु