हिमाल दर्शन माविले शिल्ड आफ्नो कब्जामा लियो

धनकुमार ढुङगेल
सोलुखुम्बु, जेठ २८
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा हिमालदर्शन माविले शिल्ड हात पारेको छ ।

गाउँपालिका भित्र रहेका ५ माध्यमिक विद्यालयका विद्यार्थीबीच भलिबल, कबड्डी लगायतका खेलमा १७ स्वर्ण, ८ रजत र ४ कास्यपदक जित्दै हिमालदर्शनले शिल्ड माथी कब्जा जमाउन सफल भएको हो ।

प्रतियोगीतामा १०स्वर्ण, ८ रजत र ४ कास्यपदक जित्दै केदार मावि द्धितीय भएको छ भने ६ स्वर्ण, २ रजत र ६ कास्य जित्दै विपि संस्कृत मावि तृतीय भएको छ। प्रतियोगीतामा सफल विद्यार्थीलाई गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले मेडल र प्रमाणपत्र वितरण गर्नुभएको छ ।

सोमबार नै सक्ने भनिएको खेल मुसलधारे पानी परेपछि प्रभावित भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु