हिमाल दर्शनले मनायो ३९ औँ बार्षिक उत्सब

भानुभक्त निरौला माघ १४– पुर्वमन्त्रि तथा नेपाली कांग्रेसका सभाषद बल बहादुर के सि ले सोलुखुम्बुको विकासको मुल आधार सडक रहेको बताउनुभएको छ । आज हिमाल दर्शन उच्च मावि नेचाबतासेको ३९ औ बार्षिक उत्सबमा बोल्नुहुदै सडकको विस्तार नभए सम्म कुनै पनि क्षेत्रको विकास संभव नभएको बताउनुभयो । सुनकोसि नदिको पुल छिटो भन्दा छिटो सक्नुपर्नेमा जोड दिदै सोलुखुम्बुबासिले भोग्नुपरेको महंगी घटाउनु आफ्नो पहिलो कर्तव्य रहेको बताउनुभयो ।
आफु जनप्रतिनिधि छनौटमा भएकाले सोलुबासिलाई धन्यावाद दिदै जिल्लाको विभिन्न गाविसलाई प्राथमिकताको आधारमा विकासका संभावनाको पहिचान गरिने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषबाबु राईको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य समेत रहनु भएका केसीले नेचामा द्धन्दकालमा विस्थापित भएको राष्ट्रिय बाणिज्य बैंकको शाखा पुनःस्थापनाको लागि पहल गर्ने आवश्वासन दिनुभयो । साथै उहाँले हिमाल दर्शन उच्च माविको विज्ञान संकाय लगायत अन्य शैक्षिक क्षेत्रको विकास र विस्तारमा लाग्ने बताउनु भयो । हिमाल दर्शन उच्च माविको प्रांगणमा भएको कार्यक्रममा नेपाल शिक्षक युनियनका अध्यक्ष गुणराज निरौलाले जिल्लाको खस्कदो शैक्षिक स्तरलाई उकास्न सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने आवश्यक्ता आँैल्याउनु भयो । उहाँले हिमाल दर्शन उच्चमाविले जिल्लाको शैक्षिक क्षेत्रको प्रतिनिध्व गरेको भन्दै विद्यालयको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य तथा सो विद्यालयका पुर्व प्रधानाध्यापक हुत्तराज बस्नेतले शिक्षा क्षेत्रमा अझै पनि धेरै विक्रिति रहेको उल्लेख गर्नुभयो ।
बार्षिक उत्सवमा विद्यालयको प्रगति विवरण पेश गर्दै प्राचार्य अशोककुमार शर्माले विद्यालयमा विषयगत शिक्षकको ब्यवस्थापन, पुस्तकालय लगायतका शैक्षिक कुराहरुको तत्काल दिगो ब्यवस्थापन गर्नु पर्ने आवश्यक्ता औँल्याउनु भयो । उहाँले बदलिदो परिबेश अनुरुप विद्यालयको हरेक क्षेत्रको पारदर्शीता र जानकारीको लागि वेभ साईट निर्माण गरिएको समेत जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषबाबु राईले आफु सबै पक्षको सल्लाह र सुझाब बमोजि विद्यालयको स्तरउन्नती र प्रगतिका लागि लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!