हिमाल एफ.एम : स्टेशन म्यानेजरमा श्रेष्ठ नियुक्त

सोलुखुम्बु – पुर्वी नेपालकै सर्बोत्कृष्ट रेडियो स्टेशन हिमाल एफ.एम. ९०.२ मेगाहर्जको स्टेशन म्यानेजरमा शिखर जंग श्रेष्ठ (गजरकोटे)लाई नियुक्त गरिएको छ ।

२०६९ असार देखि कार्यरत श्रेष्ठ लामो समय देखि कार्यक्रम संयोजकको भूमिकामा थिए । श्रेष्ठकै जन्मदिनको अबसरमा रेडियोका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले स्टेशन म्यानेजरको नियुक्तीपत्र हस्तान्तरण गरे ।


नवनियुक्त म्यानेजर श्रेष्ठले गुणस्तरिय कार्यक्रम र समाचारका विषयवस्तु छनौट, उत्पादन तथा प्रसारणमा लाग्ने बताए । उनले भने, ‘टिमवर्कबाट मात्र संस्थागत प्रगती संभव भएकाले जिम्मेवारी बोध गरेर काम गरौ । रेडियोको उचाई अझ थपौ ।’

कार्यक्रममा प्रबन्ध निर्देशक भानुभक्त निरौलाले योजनाबद्ध काम गरे सफलता टाढा छैन भन्ने उदाहरण ८ बर्ष अघि र पछिको रेडियोको स्टाटसले प्रष्ट पारेको बताए । शेयरधनी, विज्ञापनदाता, स्रोता, कर्मचारी र शुभचिन्तकको प्रयासले रेडियो यो स्थानमा आएको निरौलाको भनाई थियो ।

सोही अबसरमा विगत ४ महिनाका उत्कृष्ट कर्मचारीलाई अर्वाड वितरण गरिएको छ । कात्र्तिकमा बजार व्यवस्थापक अम्रिता राई, मंसिरमा बजार सहायक अशोक राई, पौषमा प्राविधिक अम्रित राई र माघमा कार्यक्रम उत्पादक सोनी राई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् ।

कात्तिक महिनाको उत्कृष्ट कर्मचारीको अवार्ड ग्रहण गर्दै बजार व्यवस्थापक अम्रिता राई (बाँया) र प्रदान गर्दै प्रबन्ध निर्देशक निरौला (दाँया)
कात्तिक महिनाको उत्कृष्ट कर्मचारीको अवार्ड ग्रहण गर्दै बजार सहायक अशोक राई (बाँया) र प्रदान गर्दै प्रबन्ध निर्देशक निरौला (दाँया)
कात्तिक महिनाको उत्कृष्ट कर्मचारीको अवार्ड ग्रहण गर्दै प्राविक अम्रित राई (बाँया) र प्रदान गर्दै प्रबन्ध निर्देशक निरौला (दाँया)
कात्तिक महिनाको उत्कृष्ट कर्मचारीको अवार्ड ग्रहण गर्दै कार्यक्रम उत्पादक सोनी राई (बाँया) र प्रदान गर्दै प्रबन्ध निर्देशक निरौला (दाँया)

फोटो – अम्रित/अशोक राई

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!