हिमाल एफ.एम.लाई सम्मान

सोलुखुम्बु, बैशाख १

जिल्लाको धार्मिक पर्यटनको प्रबर्धनमा योगदान पु¥याएको भन्दै हिमाल एफ.एम.लाई सम्मान गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिंलामा रहेको गौरिटाप धार्मिक बन संरक्षण समितिले धार्मिक सम्पदाको संरक्षण, सम्बर्धन तथा धार्मिक पर्यटकीय क्षेत्र निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मानित गरिएको हो ।

समितिका अध्यक्ष लौरेश्वर बाबाले हिमाल एफ.एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलालाई प्रशंसा पत्र हस्तान्तरण गर्दै एफ.एम.ले खेलेको भुमिकाको चर्चा गर्नु भयो । गौरिटाप क्षेत्रमा योग र साधना मार्फत विश्वकै अग्लो शिवशंकरको मुर्ति निर्माण अभियान सञ्चालन गर्नु भएका लौरेश्वर बाबाले हिमाल एफ.एम.ले पुर्वी नेपालको बृहत्तर विकासमा महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।

सो क्रममा एफ.एम.का प्रबन्ध निर्देशक निरौलाले सबै धर्म, संस्कृति र संस्कारको जगेर्ना गर्ने एफ.एम.को प्राथमिक्ता मै रहेको बताउनु भयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु