हिमाल एफ.एम. र विविसि मिडिया एक्सनविच औपचारिक सहकार्य

सोलुखुम्बु/१९ भाद्र ।
विगत ७ बर्षदेखि पुर्वी नेपालमा सञ्चार सेवा प्रवाह गर्दै आएको हिमाल एफ.एम. र विविसि मिडिया एक्सन विच औपचारिक रुपमा सहकार्यको शुरुवात भएको छ । भुकम्प पछिको पुनर्निर्माण सम्बन्धि कार्यक्रम सञ्चालनका लागि हिमाल एफ.एम. छनौटमा परेसँगै विविसि मिडियासँग साझेदारीका लागि सम्झौता भएको हो ।
प्रवलिकरणसम्बन्धि रेडियो कार्यक्रम, सामुदायीक छलफल तथा अन्य सचेतनामुलक कार्यक्रमका लागि गरिएको सम्झौतामा हिमाल एफ.एम.का तर्फबाट प्रबन्ध निर्देशक भानुभक्त निरौला र विविसि मिडिया एक्सनका तर्फबाट राष्ट्रिय निर्देशक शोभना प्रधानले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अवधिमा सोलुखुम्बु जिल्लाका विभिन्न स्थानमा प्रवलिकरण सम्बन्धि सामुदायीक छलफलहरु सञ्चालन गरिनेछन् । सोही क्रममा जिल्लाको सोताङ गाउँपालिकामा मंगलबार प्रारम्भिक सूचना संकलन गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु