हिमाल एफ.एम.को स्टुडियो मूलुककै नमूना : काउन्सिल अध्यक्ष श्रेष्ठ

सोलुखुम्बु, माघ २५

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले हिमाल एफ.एमको स्टुडियो मूलुककै नमूना भएको बताए । शुक्रबार सोलुखुम्बुको सल्लेरीबाट प्रसारित रेडियोको नवनिर्मित ४ तले भवनको अवलोकन गर्दै काउन्सिल अध्यक्ष श्रेष्ठले छोटो अवधिमा रेडियोले गरेको प्रगतीको प्रशंसा गर्दै व्यवस्थापन र स्टुडियो मूलुककै नमूना भएको बताए ।

अनुगमनमा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रमेश विष्टले रेडियोको व्यवस्थापन उदाहरणीय बनेको प्रतिक्रिया दिए । उनले भने, ‘दुर्गमको रेडियोको व्यवस्थापन देखेर चकित भएँ । अन्य रेडियोका लागि उदाहरणीय काम भएको देखेर खुसी लाग्यो ।’

रेडियोका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले भौतिक रुपमा सम्पन्न भएकाले अबको ध्यान गुणस्तरिय विषयवस्तु छनौट र प्रसारणमा केन्द्रित गर्ने बताए ।

अनुगमनमा महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, ओखलढुंगा अध्यक्ष दिपेन्द्र रुम्दाली लगायत सहभागी थिए ।

रेडियोमा स्वागत गर्दै प्रबन्ध निर्देशक निरौला
रेडियोमा स्वागत गर्दै प्रबन्ध निर्देशक निरौला
रेडियोमा स्वागत गर्दै प्रबन्ध निर्देशक निरौला
रेडियोको अनुगमन गर्दै काउन्सिल अध्यक्ष श्रेष्ठ लगायत
रेडियोको अनुगमन गर्दै काउन्सिल अध्यक्ष श्रेष्ठ लगायत
रेडियोको अनुगमन गर्दै काउन्सिल अध्यक्ष श्रेष्ठ लगायत

Comments

comments

सम्बन्धित शीर्षकहरु