हिमाल एफ.एम.को विज्ञापन अफर : भिमसेनथान माविलाई ‘सुनको सिक्री’

सोलुखुम्बु, मंसिर १५

हिमाल एफ.एम.को विज्ञापन अफर अन्तरगत सुनको सिक्रि पाएको सोलुदुधकुण्ड नगरपालिका ११ को भिमसेनथान माध्यामिक विद्यालयलाई उपहार प्रदान गरिएको छ ।

दशैँ तिहार विज्ञापन अफर अन्तरगत सुचना तथा विज्ञापन बजाउने ग्राहकहरु मध्ये गत विहिबार गरिएको लक्कि ड्र मा सुनको सिक्रि प्राप्त गर्ने विद्यालयका प्रध्यानाध्यापक दावा शेर्पालाई रेडियोका बजार व्यवस्थापक अम्रिता राईले उपहार प्रदान गरेकी हुन् ।

सुनको सिक्रि ग्रहण गर्दै प्रध्यानाध्यापक शेर्पाले उपहार पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘विद्यालयले सुनको सिक्रि पाउला भनेर कल्पना समेत गरेका थिईन् । भाग्यबस परेछ, खुसी छौ । विव्यस र शिअसंघको वैठकले सिक्रिलाई बिक्रि गरि विद्यालयको खातामा जम्मा गर्ने सोच बनाएको छु ।’ उनले फराकिलो प्रसारण पहूँच भएको हिमाल एफ एममा सूचना, विज्ञापन बजाउन र फुर्सदमा ताजा सूचना र संगीतको लागि सुन्न आग्रह गरे ।

रेडियो संचालक समितिका अध्यक्ष निमा शेर्पाले आफूहरुले लिन र दिन दुवै जानेकाले बेलाबेलामा विभिन्न अफर ल्याउने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु