हिमाल एफ.एम. का प्रबन्ध निर्देशक निरौलामाथी आक्रमण, दोषीलाई कारबाही गर्न माग

हिमाल एफएम, जेठ २८ ।

हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलामाथी आज साँघातिक आक्रमण भएको छ ।

एमाले सोलुखुम्बुका पूर्व जिल्ला सचिव एवं स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले समाचार प्रशारणको बिषयलाई लिएर शुक्रबार सदरमुकाम सल्लेरी स्थित सार्वजनिक स्थलमा आक्रमण गरेका हुन् । उनले स्थानीय शान्ति समितिको नेतृत्व परिवर्तन सम्बन्धि समाचारको बिषयलाई लिएर सार्वजनिक स्थलमा गालिगलौज गर्नको साथै आक्रमण समेत गरेका हुन् । आक्रमणकारी राजभण्डारीले आफु बिरुद्ध समाचार लेख्नेलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । राजभण्डारीसँगै नेले सोलुुखम्बुका अश्विनबाबु थापाले समेत हातपात गरेका थिए ।

यसैबीच। घटनाप्रति घोर भत्र्सना गर्दै दोषी माथि कार्बाहीको माग गरि श्रमजिबि पत्रकारहरुको बिभिन्न संगठनहरुले बिज्ञप्ती जारी गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय पार्षद समेत रहेका निरौलामाथि भएको आक्रमणको प्रेस युनियन केन्द्रीय समितिले घोर आपत्ति जनाएको छ । समाचार लेखेकै आधारमा धम्की दिदै, सञ्चारकर्मी माथि सांघातिक आक्रमण हुनु प्रेस स्वतन्त्रता विपरित हो, बिज्ञप्तीमा भनिएको छ । संविधानले नै प्रदत्त गरेको अधिकारलाई कुण्ठित गर्ने गरी भएको आक्रमणप्रति नेपाल प्रेस यूनियन घोर आपति जनाउदै स्वतन्त्र प्रेस माथिको नाङगो हस्तक्षप भएको नेपाल प्रेस यूनियनका उप—महासचिव सलोजा दाहालद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

रिपोटर्स क्लब नेपालले दोषी तत्काल पक्राउ गरि कार्बाहीको दायरामा ल्याउन बिज्ञप्ती मार्फत आग्रह गरेको छ । प्रेस स्वतन्त्रता माथि पुर्ण हस्तक्षप भएको भन्दै अध्यक्ष ऋषी धमलाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा दोषीलाइ कानुनी कार्बाहीको दायरामा ल्याउन भनिएको छ ।

यस्तै, प्रेस युनियनको केन्द्रीय पार्षद एब जिल्ला सदस्य निरौला माथि भएको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले घोर आपत्ति जनाउदै दोषीलाइ कुनै पनि हालतमा कार्बाहीको दायरामा ल्याउन भनेको छ । काग्रेस केन्द्रीय पार्टी कार्यलयका मख्य सचिब कृष्ण प्रसाद पौड्यालद्धारा जारी बिज्ञप्तीमा प्रेस स्वतन्त्रता माथि गम्भीर प्रकृतीको आक्रमण भएको, यस्ता घटना प्रति काग्रेस खेद प्रकट गर्नुका साथै दोषीलाइ कार्बाहीका लागि सरकार समक्ष माग गर्दछ, भनिएको छ ।

पत्रकार महासंघका अध्यक्ष मनोजकुमार श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै दोषी माथि कडा कार्बाही गर्न माग गर्नुभयो । यस्तै प्रेस चौतारीको अध्यक्ष बुद्धबीर बाहिङ युनियनको जिल्ला अध्यक्ष सन्तोष राउत, प्रेस सेन्टरका संयोेजक भोजराज कार्कीले पनि घटना प्रति दुख ब्यक्त गर्दै कार्बाहीको माग गरेका छन् । उनीहरु जारी बिज्ञप्तीमा समाचारमा असन्तुष्टी भए बिधिको प्रयोग गर्नुका साथै कानुनी उपचारको माध्ययम हुदा हुदै सार्बजनिक स्थलमा गरेको गाली गलौज र हातपातको सेन्टरद्धारा निन्दा गर्दछ,भनिएको छ ।

प्रशासनमा सुरक्षाको माग

हिमाल एफ एमका प्रबन्ध निर्देशक एब पत्रकार भानुभक्त निरौला माथि सार्बजनिक स्थलमा साँघातिक आक्रमण भए पछि पिडितले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यलयमा निबेदन दिनुभएको छ । सार्बजनिक स्थानमा भएको घटनाबाट जिल्ला प्रशासन कार्यलय शंबेदनशिल भएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी पंकज भुर्तेलले निबेदनलाइ प्रहरी कार्यलयमा पठाइसकेको र आबश्यक सुरक्षाको ब्यबस्था गर्ने बताउनुभएको छ ।

घटना लगत्तै पिडित सहित नेपाल पत्रकार महासंघका उपाध्यक्ष भोजेन्द्र बस्नेत, सहसचिब भोजराज कार्की, प्रेस युनियनका पदाधिकारी तथा जिल्लाका सक्रिय पत्रकारहरु समेत दोषीलाइ कार्बाहीको माग गर्दै जिल्ला प्शासन कार्यलय पुगेका थिए । सो क्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले घटनाबारे थप अध्ययन गरेर अघि बढ्ने बताउनुभएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु