हिमाल एफ.एम. उत्कृष्ट करदाताको रुपमा सम्मानित

सोलुखुम्बु, मंसिर १ गते –

हिमाल एफ.एम. सोलुखुम्बु जिल्लाका उद्योगधन्दाहरु र सगरमाथा अञ्चल भरिका सबै एफ.एम. मध्ये सबै भन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ ।

15027416_1191124507631487_3816654489613038345_n

बुधबार पाँचौ कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय लाहानले सोलुखुम्बु जिल्लाको सबै ब्यवशायमा उत्कृष्ट तथा सगरमाथा अञ्चलका एफ.एम.हरु मध्ये पनि सबै भन्दा उत्कृष्ट करतिर्ने संस्थाको रुपमा सम्मान गरेको हो ।

अघिल्लो आर्थिक बर्षका करदाताहरु मध्ये सोलुखुम्बुमा संचालित हिमाल एफ.एम.ले सबै भन्दा बढी कर तिरेकोले उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको कर कार्यालयले जनाएको छ ।

सम्मानपछि प्रतिक्रिया दिदै हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पाले जनता र सरकार प्रति पनि उत्तिकै जिम्मेवार र उत्तरदायी रहेको पुष्टि गरेको प्रतिक्रिया दिए ।

आज आन्तरिक राजश्व कार्यालयमा भएको कार्यक्रममा कर अधिकृत गोबिन्द अधिकारीले एफ.एम.की बजार ब्यवस्थापक विना राईलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु