हिमाली सञ्चार लिमिटेडको छैठौँ साधारण सभा सम्पन्न

सोलुखुम्बु, पुस २१

हिमाल एफ एमको संचालक संस्था हिमाली सञ्चार लिमिटेडको छैठौ साधारण सभा राजधानीमा सम्पन्न भएको छ । होटल तिब्बतमा आयोजित सभामा बोल्ने अधिकांश शेयरधनीहरुले मिडियालाई समायानुकुल परिमार्जन गर्दै लैजान सुझाव दिएका छन् ।

कम्पनीका सल्लाहकार तथा पुर्वसभाषद् आङदावा शेर्पाले छोटो समयमा स्रोता, विज्ञापनदाताहरुको विश्वास जित्न सक्नुलाई उपलब्धिका रुपमा लिएको बताए । पर्यटन प्रर्वद्धन र स्थानीय उत्पादन बढवाका लागि पनि महत्वपुर्ण भूमिका निर्वाह गर्न सुझाव दिए । नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले रेडियोको सफलताले शेयरधनीको प्रतिष्ठा बढाएको बताए । उनले विद्येयक ल्याएर सरकारले सञ्चारमाध्यम र पत्रकारलाई लगाउन आँटेको भन्दै यसले स्वतन्त्र पत्रकारितामा प्रभाव पार्ने बताए ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा शेयरधनी प्रकाशसिं कार्कीले गाउँघर डुल्दा सबैभन्दा बढि हिमाल एफ एम नै सुन्ने गरेको पाएकोले आगामी दिनमा पनि विश्वसनीयता र सन्तुलित विषयमा ध्यान दिन आग्रह गरे । उनले रेडियोले राज्यको भिजिट नेपाल अभियानलाई प्राथमिकतामा राख्न सुझाव दिए । लिमिटेडका सचिब कर्मा शेर्पाले रेडियो जहिले पनि प्रतिपक्षको भूमिका रहने भएकाले पुर्वी नेपालको विकासमा महत्वपुर्ण भूमिका खेलेको दाबी गरे । शेयरधनी जुद्ध कार्कीले पुर्वी नेपालका खबरलाई सन्तुलित तवरले देशविदेशमा पुर्याउने र सामाजिक वेतिथीलाई खबरदारी गर्दै अघि बढ्न शुभकामना दिए ।

कम्पनीका संस्थापक कोषाध्यक्ष तथा नेकपा नेत एवम् प्रदेश सदस्य महेश किराँतीले मिडियाको एकल सिण्डिकेट र शोषण चलिरहेको बेला दुर्गममा स्थापना भएको हिमाल एफ एमले फड्को मारेको देख्दा हर्षित भएको बताए । कम्पनीका अध्यक्ष निमा शेर्पाले हिमाल एफ एमले आर्जन गरेको विश्वासलाई हेर्दा निरास हुनुपर्ने अवस्था नरहेको बताउदै आगामी दिनामा जनपक्षिय पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रेडियोको उपलब्धिको बारेमा बताउदै प्रबन्ध निर्देशक भानुभक्त निरौलाले प्रसारण पहूँच र उठान गर्ने विषयमा रेडियो अब्बल रहेको दाबी गर्दै अन्तरदेशीय तथा बहुआयामिक सञ्चार माध्यमको रुपमा विकास गर्ने बाटोमा अघि बढेको बताए । साधारण सभामा संचालक समितिका कोषाध्यक्ष रोशन थुलुङले आर्थिक बर्ष २०७५–७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले एक करोड ६ लाख बार्षिक आम्दानी समाबेश प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!