हिमाली सञ्चार लिमिटेडका सचिब शेर्पा कांग्रेसवाट चुनाव लड्ने तयारीमा

हिमाल एफ एम, सोलुखुम्बु, २६ असोज,
सोलुखुम्बुका एक जना सञ्चार उद्यमी नेपाली काँग्रेस सोलुखुम्बुबाट प्रत्यक्षतर्फ प्रदेस सभाका लागि सिफारिसमा पर्नुभएको छ । सोलुखुम्बुबाट सञ्चालित हिमाल एफ.एम.का संस्थापक सचिव तथा वर्तमान महासचिव कर्मा शर्पालाई सोलुखुम्बुको २ नम्बर क्षेत्रबाट प्रदेस सभाका लागि सिफारिस गरिएको छ । उहाँ हिमाल एफ.एम. सहित रेडियो पिके र खुम्बु एफ.एम. गरी ३ वटा रेडियोको सञ्चालक हुनुहुन्छ ।

आन्तरिक विवादमा रहेको सोलुखुम्बु काँग्रेसले तीनवटा सिफारिसको सूची बुझाउँदा निवर्तमान जिल्ला सभापति आङगेलु शेर्पाको समूहबाट उहाँ सिफरिसमा पर्नुभएको हो । मुख्य गरी शेर्पा बाहुल्यता रहेका मानिने त्यस प्रदेसका लागि जातीय सन्तुलन मिलाउनका लागि पनि शेर्पाको उम्मेदवारी बलियो भएको सोलुखुम्बु काँग्रेसले जनाएको छ ।

उम्मेदवार शेर्पा द स्मल वल्र्ड नामक गैरसरकारी संस्थामार्फत विगत लामो समयदेखि त्यस क्षेत्रका विभिन्न दुर्गम गाउँहरुमा समाजसेवका माध्यामबाट जनतासँग नजिक भएकाले राम्रो जनमत रहेको काँग्रेसको विश्वास छ । जिल्लामा धेरै भूकम्प प्रतिराधी विद्यालय भवन बनाउनुका साथै विद्यालयको भौतिक पक्षमा सहयोग गरेको र भूकम्पका समयमा रातदिन नभनी रहात, उद्दार तथा पुनःस्थापनाका लागि जनताको दुःखमा साथ दिएकाले राम्रो जनमत रहेको उहाँले दाबी गर्नुभयो ।

जिल्लामा युवा नेताका रुपमा परिचित उहाँ नेपालको बरिष्ठ पर्यटन व्यवसायीमा समेत पर्नु हुन्छ । उहाँ नेपाल पर्वतारोहण सङ्घ र टानको कार्य समति सदस्य भइसक्नु भएको छ भने नेपाली काँग्रेसको भातृ संस्था नेपाल पर्यटन व्यवसायी सङ्घको केन्द्रिय सदस्य समेत भएर काम गरिसक्नु भएको छ ।

शेर्पाले भन्नुभयो, नेपाली काँग्रेस सोलुखुम्बुले समावेशीतालाई समेत आधार बनाएर युवालाई अघि सारेको छ, अब केन्द्रले मलाई विश्वास गरेर टिकट दिएमा म काँग्रेसलाई जिताएर देखाउँछु । आफ्नो उम्मेदवारीले जनजातिको भावनालाई समेत समेट्ने भएकाले प्रतिनिधि सभाको उम्मेदवारलाई पनि राम्रो मत ल्याउन सहयोग पुग्ने उहाँको भनाइ छ । जिल्लामा लामो समयदेखि काँग्रेसमा रहेर काम गरिरहेकाले समेत आफूलाई पार्टीले यो अवसर प्रदान गर्नेमा ढुक्क भएको बताउने शेर्पाले जनताको चर्को मागका कारण आफू उम्मेदवार बन्न लागेको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु