हिमाली सञ्चारमा ७ सल्लाहकार मनोनित

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २८

हिमाली सञ्चार लिमिटेडमा ७ सल्लाहकार मनोनित गरिएको छ । शनिबार बसेको संचालक समितिको वैठकले लिमिटेडमा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वलाई सल्लाहकारमा मनोनित गरेको हो ।

संचालक समिति र मनोनित सल्लाहकारहरुको सामुहिक तस्बिर

लिमिटेडका अध्यक्ष निमा शेर्पाको अध्यक्षतामा बसेको बैठकले पुर्वसभाषद आङदावा शेर्पा, राजनितिज्ञ आङगेलु शेर्पा र आङङिमा लामा, सोलुखुम्बु बहुमूखि क्याम्पसका प्रमुख उद्धव कुमार शर्मा, उद्योगी प्रकाश सिंह कार्की, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र समाजसेबी आङकाजी शेर्पालाई सल्लाहकारमा मनोनित गरिएको हो ।

सल्लाहकारहरुलाई मनोनित पत्र शनिबार नै प्रदान गरिएको छ । सल्लाहकारहरुले सञ्चारको प्रभावकारिताका लागि रचनात्मक सुझाव दिएको प्रबन्ध निर्देशक भानुभक्त निरौलाले जानकारी दिए ।

हिमाली सञ्चारले सोलुखुम्बुवाट हिमाल एफ.एम. र खुम्बु एफ.एम. संचालन गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु